
पौष २०,मकवानपुर
मनहरि गाउँपालिका वडा नम्बर ३ कालिदमार मा ट्याक्टर दुर्घटना भएको छ । ना ५ त ४१६६ नम्बरको जोनडियर ट्याक्टर ठेसर बोकेर जाँदै गरेको अवस्था मा दुर्घटना भएको स्थानिय जयराम रिजाल ले जानकारी दिए ।
ट्याक्टर चालक अन्दाजी २५ वर्षिय को घटनास्थलमै मृत्युु भएको स्थानीय रिजालले बताएका छन् । साँघुरो बाटो चिप्लो को कारण दुर्घटना भएको जनाएका छन् ।
घटनास्थल तर्फ प्रहरी जाँदै गरेको र घटनाको अन्य थप बिबरण आउन बाँकि रहेको छ ।
सेयर गर्नुहोस्