पुस 21 , हेटौडा
युसेस मकवानपुरको आयोजना तथा युनिलिभर नेपाल लिमिटेडको साझेदारीमा हेटौंडा ८ कमानेमा आज सोमबार निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । हेटौंडा उपमहानगर पालिका वडा न ८ अन्तर्गत कमाने स्थित चन्द्रोदय मा. बि. को प्राङ्गणमा उक्त घुम्ती स्वास्थ्य शिवीर सम्पन्न भएको हो।
सिबिरमा ४ बर्ष देखि 13 बर्ष सम्मका बालबालिकाहरू त्यसैगरि किशोर किशोरीहरु १६८ जना र 21 बर्ष देखि 49 बर्ष सम्मको महिला पुरुषहरू लगाएत 70 बर्षका बृद्धहरु समेत गरि जम्मा २०७ जना सेवाग्राहीहरुले सेवा लिएका छन । विशेष गरि दात सम्बन्धि समस्या हुनेहरूको लागि दन्त चिकित्सक डेण्टल सर्जन डा अरिफ करिमले स्वास्थ्य परिक्षण गर्ने क्रममा २९ जनाको किराले खाएको र बिग्रेको दात झिकेर फालेको थियो भने अन्य समस्या हुनेहरुको लागि फिजिसियन डाक्टर सागर काफ्लेले सेवा लिन आउने सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।। स्वास्थ परिक्षण पश्चात् बिरामिहरुलाइ निस्शुल्क औषधि बितरण गरिएको छ । युसेसका अध्यक्ष बुद्ध सरण लामाको सयोजकत्वमा संचालित उक्त कार्यक्रममा हेटौंडा उपमहानगर पालिका वडा न ८ का अध्यक्ष गोपाल बहादुर श्रेष्ठ त्यसैगरि बिध्यालयका प्रधानध्यापक लगाएत अन्य शिक्षक शिक्षिका लगाएत स्थानीय सामाजिक अगुवाहरुको बिशेष उपस्थिति रहेको थियो ।