
मसिंर २१ , हेटौडा
नेपाली बजारमा सुनको मूल्यले फेरि ऐतिहासिक कीर्तिमान कायम गरेको छ जसले गर्दा नेपाली बजारमा कारोबार प्रभावित भएको छ । गएका चार दिनमा सुनको भाउ तोलामा झण्डै २ हजार रुपैयाँ बढेको छ । आइतबार प्रतितोला ७५ हजार ५ सय पुगेको सुनको मूल्य सोमबार पुनः ५ सय रुपैयाँले बढेर ७६ हजार पुगेको हो । छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ अहिले सम्मकै सबैभन्दा उच्च हो । सोमबार तेजाबी सुनको मूल्य भने प्रतितोला ७५ हजार ७ सय पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले छ । नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना व्यवसायीहरु ले गरेका छन ।


सेयर गर्नुहोस्