मकवानपुर बहुमूखि क्याम्पस : क्याम्पस प्राङ्गणमा रिले अनशन

हेटौडा टुडे
२२ पुष २०७६, मंगलवार १४:१८

२२ पुष,हेटौंडा

मकवानपुर बहुमूखि क्याम्पस  प्रशासनको शुल्क वृद्धि प्रती आपत्ति जनाउदै स्ववियू, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थीहरु मङ्गलबार (आज) १ बजे बाट रिले अनशन बसेका छन ।

क्याम्पस प्राङ्गणमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर क्याम्पसका सभापती कुमार के.सि, अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष एम.बि बस्नेत र अनेरास्ववियु (क्रान्तिकारी )का अध्यक्ष रामकृष्ण सिवाकोटी रिले अनशन बसेका हुन ।

अनशनलाई थप दबाबमुलक बनाउन क्रमश संगठनका उपाध्यक्ष, सचिव लगायतका विद्यार्थी नेताहरुले रिले अनशन बस्ने छ्न ।

माग पूरा नभएसम्म रिले अनशन जारी रहने स्ववियुले जनाएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसको प्रशासनले विद्यार्थीको ढाड सेक्ने गरि गरेको शुल्क वृद्धि गरे पछि बिद्यार्थीहरुले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आइरहेका छ्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*