पुस २३ , हेटौडा
देबकोटा कान्छो मनोज
मनिसको जिबन कहा कतिखेर के हुन्छ कसैलाई थाहा हुन्न । सु. ख .दु.ख .त मानिसको जिबनमा चलिरहने नियम हो । यस्तै दुखको भुमरिमा परेको छ मक्रान्चुलिको गढि गाउपालिका ३ को तिमल्सिना परिवार । हरि तिमल्सिना र सिता तिमल्सिनाको पहिलो सन्तानको रुपमा तिमल्सिना परिवारमा जन्मिएका छोरा हर्षित उनको नाममै मात्र सिमित भएको छ । हो उनको नाम हर्षित भनि नामाकरण त भयो तर जिबनबाट उनको हर्ष गुमेको छ ।
२०६७ साल चैत्र ८ गते मंगलबार हेटौडा अस्पतालमा नर्मल जन्मिएका उनको तौल साडे तिन किलो थियो । सामान्य सुई खोप सबै पुरा गरेका उनको चार बर्षको उमेर सम्म उनको र परिवारको जिबन हर्षमै बितेको थियो । मकवानपुर गढि गाउपालिका वडा नम्बर. ६ मा अबस्थित जुनेलि बोडिङ्घ स्कुलमा नर्सरि कक्षा सम्म पढेका उनको अध्ययन नर्सरि कक्षामै सिमित भएको छ । न त उनि पढ्न नै सके न त परिवारले पढाउन नै सके न कि उनको जिबनशैलि अन्य मानिस सरह सामान्य नै बन्यो । करिब चार बर्ष सम्म सामान्य जिबनशैलि बिताएको हर्षितको जिबनबाट हर्ष गुमेको आज सात बर्ष भयोको छ । नर्सरि कक्षा अध्ययन गर्दा गदै बिस्तारै बिस्तारै खुट्टा दुख्ने समस्या देखिएको उनिमा आज सम्म कुनै पनि समस्याको पहिचान भएको छैन । उनको घुडा भन्दा मुनिको भाग चल्दैन भने खुट्टा टेकिदैन साथै उनि हात टेकेर हिड्न पर्ने बाध्यता छ ।
सुरुमा धामि झाक्रि र झारफुकबाट उपचार सुरु गरेका हर्षितको हेटौडा अस्पताल, भरतपुर अपाङ्ग अस्पताल, कान्तिबाल अस्पताल, बनेपा अपाङ्ग अस्पताल लगाएतका देशका बिभिन्न अस्पतालमा चेक जाच गरि सक्दा पनि उनको रोग अझै सम्म पनि पत्ता लागेको छैन । अस्पतालको रिपोर्ट अनुसार हर्षितको शरिरमा कुनै पनि रोग नदेखिएको र छोरा सामान्य छ भन्दै अस्पतालले रिफर गरेको हर्षितको आमा सिता तिमल्सिना बताउछिन । तर पनि आमाको मन हो अझै आस नमरेको उनि बताउछिन । अझैपनि छोरा सामान्य अबस्थामा फर्कन्छकि भन्ने आशमा बाचेकि सिताको छोरा पढाउने ठुलो धोको छ ।
बिपन्न परिबारका तिमल्सिना परिवारको आम्दानिको श्रोत दैनिक ज्यालादारि नै हो । सात जनाको परिवार रहेको उक्त परिवारमा ज्याला गरेको भरमा मासिक आम्दानि सात, आठ हजार हुन्छ भने हर्षितको लागि मात्रै औषधि , खाना लता कपडा गरि मासिक खर्च झन्डै नौ, दश हजार छ । जसमा हर्षितको अपाङ्ग कार्डबाट मासिक तिन हजारले थप राहत भएको हर्षितका हजुरबुबा बताउछन । जसले गर्दा यो परिवारमा देनिक गुजार गर्न गारो भैरहेको छ ।
सामान्यतया बोल्न समेत गारो हुने , हिडडुल गर्न नसक्ने दिशा पिशाब गराउन पर्ने, र्याल काटिरहने समस्या देखिएपछि हर्षितलाई दैनिक स्कुल ल्याउने लैजाने समस्याका कारण अध्ययनबाट बञ्चित हुन परेको हर्षितकि आमा बताउछिन । घरको आर्थिक अबस्था कमजोर भएको र आम्दानिको श्रोत दैनिक ज्यालादारि भएकाले ९ बर्षिय हर्षितको पढाई लेखाईको ब्यबस्था कुनै सघं सस्थांले गर्दिए छोराकोे शारिरिक अबस्था कमजोर भएपनि अध्ययन अगाडि बडने र भोलिको दिनमा यो अध्ययनले उसका लागि केहि जिबिकोपार्जनमा सहज हुने उनि बताउछिन ।
यो समाचार पढेपछि तपाईले हर्षितको परिबारलाई केहि सहयोग गर्न चाहानु हुन्छ भने मोबाईल नम्बर ९८०२९८८०६९ मा सम्र्पक गर्न सक्नू हुनेछ । तपाईको सानो सहयोगको आश छ ।