मकवानपुरको छुटाछुटै स्थानबाट लागूऔषध गाँजासहित ३ जना पक्राउ

हेटौंडा टुडे
२४ पुष २०७६, बिहीबार १२:१७

२४ पुष ,हेटौंडा

मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने २४ वर्षीय रंजित कुमार गुप्ता र सोही ठाउँ बस्ने ३१ वर्षीय बाल कृष्ण गुप्ता रहेका छन् ।

पूर्व पश्चिम लोकमार्गको सडक स्थित हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
बुधबार मनहरीबाट हेटौडातर्फ आउँदै गरेको भारतीय कारबीआर ०१ सिएम ६२४६ जि नम्बरको कारलाइृ रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो १८० ग्राम लागू औषध गाँजा फेला परेको हो ।

उक्त गाँजा कारको पछाडीको सिटको बीचमा जेब्रा झोलामा प्लास्टिकमा राखी डोरीले बाँधी राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जानकारि दिनुभयो ।

यसैबिच बुधबार नै प्रहरीले गाँजासहित अर्का एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ बस्ने ३७ वर्षीय कृष्ण थापा मगर रहेका छन् । उनलाई हेटौंडा उपमहानगरपालिका–१५ स्थित पूर्व पश्चिम लोकमार्गाको सडक–खण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
इभर डाँडाबाट पथलैया जाँदै गरेको प्रदेश ०२–०३–००६ प २८८३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उनले बोकेको झेलामा लुकाएर ल्याएको ५ किलो लागू औषध गाँजा फेला पेको हो ।मोटरसाईकल र गाँजासहित उनलाई कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*