२४ पुस, हेटौँडा
वडा प्रहरी कार्यालय हेटौँडाले बिहीबार विहान मकवानपुर बहुमुखी क्याम्पसबाट केही विद्यार्थी सहित ९ जनालाइ पक्राउ गरेको छ ।पक्राऊ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
क्याम्पसमा झै–झगडा गरी क्याम्पसको वातावरणमा असर पुयाएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ । क्याम्पसमा शुल्क बृद्धि लगायतका विषयलाई लिएर विद्यार्थी संगठनहरु आन्दोलनमा रहेकै बेला क्याम्पस भन्दा बाहिरका गैैर विद्यार्थी क्याम्पस हाता भित्र प्रवेश गरी झै झगडा गर्ने ९ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बुधबार पक्राउ परेका ६ जना विद्यार्थीलाई सम्झाइ बुझाइ गरेर अभिभावकको जिम्मा लगाएर पठाएको तर सोहीी विद्यार्थी र गैर विद्यार्थी क्याम्पस भित्र प्रवेश गरीझै झगडा गरेकोले ६ जना सहित अन्य ९ जनालाई पक्राउ गरिएको बताएका छन्। उनले पक्राउ परेका सबै ९ जनालाई मुद्दा चलाइएको बताए।
पछिल्लो केही दिनदेखि विद्यार्थी संगठन शुल्क बृद्धिको विरोधमा कार्यक्रम चलिरहदा गैर विद्यार्थीहरु क्याम्पस प्रवेशगरी झै झगडा गर्ने गरेको स्वयं विद्यार्थी संगठन बताउँछन्। यता यस बिषयमा क्याम्पस प्रशासनले कुनैचासो नदेखाएको देखिन्छ।
यो हेर्नुस् भिडियो