भिमफेदी ९ अघोरमा दुर्घटना , एकको मृत्यु ३ घाइते

हेटौडा टुडे
२५ पुष २०७६, शुक्रबार १०:०९

पुस २५ ,हेटौडा

भिमफेदी गाउपालिका वडा नम्वर ९ स्थित अघोरमा गएराति अन्दाजि साडे एक बजे भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतिय नागरिक रहेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ ।

त्रिभुवन राजपथ हुदै बिरगंजबाट काठमाडांै जादै गरेको पर्यटक बोक्ने गाडि बा १ य १२८३ नम्बरको हाएस गाडिमा चालक सहित चार जनाको सवार थिए । सबारि आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना विदेशी नागरिकको मृत्यु भएको र २ जना घाइते भएका हुन । मुत्यु हुनेमा भारतिय नागरिक अन्दाजी ४०- ४५ बर्षीय सन्तोष सल्वा कुमार रहेको उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको र बाकि २ जना महिला पनि भारतिय नागरिक भएको र उनिहरुको पनि हेटौडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिएका छन्। उक्त गाडिमा चालक नेपालि नागरिक हुन भने सवार तिन जना भारतिय नागरिक हून । चालक र गाडि प्रहरीको नियन्त्रणमा रहेको र चालकको प्रहरिको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*