स्थानीय तह फुटसल प्रतियोगिता पुस २८ गते देखि गढिमा हुने

हेटौडा टुडे
२७ पुष २०७६, आईतवार १६:२५

२७ पुष हटौंडा,

मकवानपुरका सबै  स्थानीय तहहरुबाट प्रतिनिधित्व हुने गरि फुटसल प्रतियोगिता भोलिबाट हुने भएको छ ।  हुने भएको छ । यहि पुस २८ गते देखि माघ ५ गते सम्म शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता २०७६ हुने भएको हो ।  १७ औं स्मृती दिवसको अबसर पारेर शहिद रुद्र पाख्रिन स्मृती पार्कको आयोजनामा आयोजक सहित १२ वटा टिमको सहभागिता रहने छ । जसमा १० वटा स्थानीय तह,  उप- महानगरपालिका र आयोजक टिम सहित जम्मा १२ टिम रहने छ । खेल लिग र नकाउट गरि दुई चरण मा खेलाईने संयोजक भिम पाख्रिनले जानकारी दिनुभयो ।

मकवानपुर गढी गाउँपालिकाको भानुपिच फुटसलमा हुने प्रतियोगितामा प्रमुख अतिथिमा आन्तरिक मामिला तथा कानुन मन्त्रि माननिय ,शालिक्राम जम्मरकटेलको उपस्थीति रहने उक्त खेलमा प्रथम पुरस्कार रु १,००,००० त्यस्तै दितिय पुरस्कारमा रु ५०,०००, म्यान आफ द म्याच हुने खेलाडी, प्रतियोगिताको उत्कृष्टखेलाडी, गोल रक्षक, स्ट्राईकरलाई समेत पुरस्कारको व्यवस्था रहेको पाख्रिनले जनाएका छन् ।

आईतबार बिहान पत्रकार सम्मेलन गर्दै , प्रतियोगिताको कुल अनुमानित लागत रु १०,००,००० रहेको पाख्रिनले बताउछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*