मनहरि ३ मा जङ्गली हात्तिको आक्रमणबाट ७० वर्षिय बृद्दाको मृत्यु

हेटौडा टुडे
२८ पुष २०७६, सोमबार १५:४२

२८ पुष,हेटौंडा

जङ्गली हात्तिको आक्रमण बाट एकबृद्दा ज्यान गएको छ । मृत्यु हुनेमा मनहरि ३ मेलडाँडा बस्ने अन्दाजि ७० वर्षिय बृद्दा मैया थापा रहेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएका छन् ।

प्रहरिका अनुसार बिहान १० बजेको समयमा मनहरि ३ पर्सा आरक्ष क्षेत्रको जङ्गलमा आमा छोरि घाँस काट्न जाँदै गर्दा बाटोमा जङ्गली हात्तिले लखेटेर मैया थापाको ज्यान गएको हो ,भने उनका छोरि भागेर ज्यान जोगाउने क्रममा सामान्य घाइते भएको मकवानपुर प्रहरिले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*