हेटौंडामा ट्रकले ठक्कर दिँदा एक युवकको ज्यान गयो

हेटौडा टुडे
३ माघ २०७६, शुक्रबार १३:०८

माघ ३ हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं ३ स्थित लेवटमा ट्रकले ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।

हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६५६ नम्बरको ट्रकले ठक्कर दिँदा चितवन, रत्ननगर घर भई लेवटमा मजदुरी गर्दै आएका अम्बर पुन मगरको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । शुक्रबार (आज) बिहान ११ बजे सडक छेउमा पैदल हिँडिरहेका मगरलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करले घाइते भएका पुनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मृतक पुनः लेवटस्थित चाउमिन उद्योगमा काम गर्दै आएका थिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

source-nawayug.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*