हेटौडामा सामाजिक सुरक्षा कोष सम्बन्धि अन्र्तरक्रिया सम्पन्न

हेटौंडा टुडे
३ माघ २०७६, शुक्रबार २०:४३

माघ ३ , हेटौंडा

सामाजिक सुरक्षा कोष सम्बन्धी एक दिवसीय छलफल कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौंको आयोजना तथा उद्योग संघ मकवानपुर त्यस्तै मकवानपुर उद्योग वाणिज्य संघ र एच. आर. सोसाईटी नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कोषका प्रशासकीय अधिकृत कैलास कुमार यादव लगायत, उद्योगी, व्यवसायी, उद्योग प्रतिष्ठानका प्रतिनिधिहरु, लेखापरीक्षकहरु तथा निजि विद्यालय संचालकहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा एच.आर. नेपालका अध्यक्ष मोहन ओझा, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता र उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष नवराज अर्याल लगाएतको कार्यक्रम उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले कोषका सुविधा तथा प्रावधानहरुबारे प्रस्तुतिकरण गरेका थिए । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले संघले यस किसिमको महत्वपूर्ण कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै उद्योग÷व्यवसायमा काम गर्ने कर्मचारी तथा कामदार सम्मलाई यसरी सुविधा प्रदान गर्ने प्रावधान आउनु सुखद भएपनि उद्योगी÷व्यवसायीहरुलाई भने कुनै सुविधा नआएकोले उद्योगी÷व्यवसायीको पक्षमा पनि यस्तै सुविधाको व्यवस्था सरकारले गर्नुपर्ने जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*