यसरि पक्रियो प्रहरिले ५ पुरुष २ किशोरीलाई

हेटौडा टुडे
४ माघ २०७६, शनिबार १०:३२

माघ ४, हेटौंडा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा र बिभिन्न सर सामानहरु सहित ७ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौंडा ४ बस्ने २६ वर्षीय संदिप न्यौपाने, हेटौंडा उपमहानगरपालिका १ बस्ने २५ वर्षीय निखिल लामा, हेटौंडा ५ बस्ने १८ वर्षीय अभिषेक ठकुरी रहेका छन् । त्यस्तै हेटौंडा ९ बस्ने २५ वर्षीय २५ वर्षीय विश्व जंग रायमाझी, हेटौंडा १० बस्ने २० वर्षीय संगित रायमाझी, सोही ठाँउ बस्ने दीक्षा भट्टाचार्य र १८ वर्षीय निशा कुशवार रहेका छन् ।

पशुपतिनगरबाट खटिएको गस्ती टोलिले हेटौडा वडा नं. ९ शान्तिटोल स्थित सुरेश त्रिपाठीको घर जहा मानिस बसोवास नगर्ने घरमा शंकास्पद अवस्थामा मानिस बसेको जानकारि पाएपछि चेकजाँच गर्ने क्रममा ५ जना पुरुष र २ जना किशोरी हरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुको साथबाट लागुऔषध गाँजा ५७० ग्राम, गाँजाको धुलो ८० ग्राम, बाँसको चिमनी १ थान, माटोको चिमनी १ थान, मुर्तिजस्तो देखिने चिमनी १ थान, ग्यास रिफिल ३०० एमएलको १ थान, अन्टेस्ट स्कुटर १ थान, ना ५३ प २७३४ नम्बरको स्कुटर र ना २ प ३९४८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय  मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए । पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*