मनहरी ७ मा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

हेटौडा टुडे
५ माघ २०७६, आईतवार ११:३४

हेटौंडा,५ माघ/

मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ७ मा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साहि स्थानका ४० वर्षीय भीमराज स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*