शहीद रुद्र पाख्रिन स्मृति कप फुटसलको उपाधी कैलाशको पोल्टोमा

हेटौंडा टुडे
५ माघ २०७६, आईतवार २०:३९

 

माघ ०५ , हेटौडा

पुस २८ गते देखि गढिमा सुरु भएको स्थानीय तह फुटसल प्रतियोगिताको उपाधि कैलाश गाउँपालिकाले  जित  हात पारेको छ । १७ औँ शहिद रुद्र पाख्रिन स्मृती दिवसको अवसर पारेर शहिद रुद्र पाख्रिन स्मृती पार्कको आयोजनामा गढी गाउँपालीका–३ मा  जिल्ला स्तरीय शहीद रुद्र पाख्रिन स्मृति कप ६ ए साईड फुटसल प्रतियोगितामा भएको हो । आईतबार भएको फाइनल खेलमा आयोजक शहीद रुद्र पाख्रिन स्मृति ट्राईब्रेकरमा १–० गोल अन्तरले पराजीत गर्दै कैलाश गाउँपालिकाले जित  हात पारेको हो ।
मकवानपुरमा पहिलो पटक शहिद रुद्र पाख्रिन स्मृति पार्कको आयोजनामा मकवानपुरगढी गाउँपालिकास्थित भानु मिनि पिच फुटसल मैदानमा आइतबार भएको अन्तिम प्रतिस्पर्धामा आयोजक टिमलाई ट्राइब्रेकरमा १–० गोल अन्तरले हराउँदै कैलाशले उपाधि जितेसँगै कैलाशले १ लाख रुपैयाँ र शिल्ड, मेडल प्राप्त गरेको छ ।

 

 

फाईनल खेलमा र्निधारीत समयमा गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिखएको थियो । कैलाशको तर्फबाट उमेश थिङले गोल गरे भने समिर बर्तौला र शंकर स्याङतानको प्रहार शहीद रुद्र पाख्रिन स्मृतिका गोलरक्षक सुजन पाख्रिनले बचाउ गरेका थिए । त्यस्तै आयोजक शहीद रुद्र पाख्रिन स्मृतिका कुनै पनि खेलाडी गोल गर्न सकेनन् । त्यस्तै उपाधि जीतेसंगै कैलाश गाउँपालिकाले ट्रफी, मेडल, प्रमाणसहित नगद एक लाख प्राप्त गरेको छ  भने उपविजेता हुने टोली आयोजक शहीद रुद्र पाख्रिन स्मृतिले मेडल प्रमाणपत्रसहित नगद ५० हजार प्राप्त गरेको छ । प्रतियोगितामा शहीद रुद्र पाख्रिन स्मृतिका संजय लामा उत्कृष्ट खेलाडी, सुजन भोम्जन उत्कृष्ट स्ट्राइकर तथा सर्वाधीक गोलकर्ता घोषित भए भने कैलाशका सुचन लोप्चन लामा उत्कृष्ट गोलरक्षक घोषित भए ।

प्रतियोगितामा विजेता र उपविजेता टिमलाई बाग्मती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु तथा मकवानपुरगढी गाउँपालिका–३ का वडाअध्यक्ष भागवत घिमिरेले प्रमाणपत्र, सिल्ड, मेडल प्रदान गरेका थिए । प्रतियोगितामा मकवानपुरका बिभिन्न स्थानीय निकायका ७ टोलीको सहभागिता थियो । त्यस्तै प्रतियोगिता सम्पन्न गर्नको निम्ति अनुमानित लागत रु १०,००,००० रहेको भएता पनि प्रतियोगिता सम्पन्न गर्नको निम्ति करिब १५ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक पाख्रिनले जानकारि दिए  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*