
माघ ७ हेटौंडा, मकवानपुर बहुमुखी क्याम्पसमा गत पौष २२ गतेबाट बसेको रिले अनशन आज पन्ध्रौं दिन बितिसक्दा पनि क्याम्पस प्रशासन अझै चासो दिएको छैन ।
शुल्क वृद्धिको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) क्याम्पस कमिटी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले क्याम्पसमा अनशन जारी राखेका हुन् । आन्दोलनरत् विद्यार्थीहरुले शुल्क वृद्धि खारेजको माग गरेका छन् ।
क्याम्पस सञ्चालक समिति र प्रशासनले विद्यार्थीहरुको मागको सम्बन्धमा कुनै चासो नदेखाएको भन्दै आन्दोलनलाई चर्काउने बताएको छ ।
स्ववियु अध्यक्ष कुमार केसीले रिले अनशन बस्दा समस्या समाधानको लागि समिति र प्रशासनले कुनै कदम नचालेको भन्दै आन्दोलनल चकार्उने योजना रहेको उनले सुनाए ।
क्याम्पस प्रशासनले नयाँ विद्यार्थी भर्नामा सय प्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेपछि स्ववियुको अगुवाइमा रिले अनशन सुरु भएको थियो । आन्दोलनरत् विद्यार्थीहरुले शुल्क वृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पस प्रमुख शंकर उपाध्यायले विद्यार्थीहरुको मागको सम्बन्धमा क्याम्पस प्रशासनले चासो दिएको बताए ।
उनले छिट्टै वार्ताको माध्यमबाट समस्या समाधान गर्ने बताए । उपाध्यायले तत्कालै क्याम्पस सञ्चालक समितिले विद्यार्थीहरुसँग वार्ता बसी समस्या समाधान गर्ने बताए ।
source :tu-khabar

