माघ ७ हेटौडा
सामजिक अभियान्ताका रुपमा आफुलाई चिनाउदै अगाडि बढेका सुरेश मुडवरीले आज मकवानपुरगढी गाउँपालिकामा रहेको मिनि पिच फुटसल ग्राउण्ड वरपरको फोहोर संकलन गरेका छन । मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ मक्रान्चुलीमा रहेको फुटसल ग्राउण्ड वरपर मुडवरीले दुई दिन लगाएर फोहोर संकलन गरि एकठाउँमा जम्मा पारेका हुन् ।
फुटसल ग्राउण्ड वरपर यसरी यति धेरै फोहोर हुँदा पनि स्थानिय तथा फुटसल ब्यबस्थापन समितिले वातावरण प्रदुषण बढेको नदेखेपछि मुडबरी आफैले फोहोरको सफाई गरेका बताए । अरुलाई कति भन्ने सुनेको नसुनै देखेको नदेखै गरेपछि अरुलाई भन्नु भन्दा आफै गर्दा छिटो काम सम्पन हुने मुडबरी बताउछन । उनले फोहोर संकलनको क्रममा विक्रि हुने फोहोरबाट जम्मा भएको रकम महाविर पुनले निर्माण गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्रको लागि सहयोग गर्ने बताए । त्यसो त उनले महाविर पुनलाई सहयोग गर्ने अभियानको रुपमा कर्णलिको गेडागुडि देशका बिभिन्न सहरहरु बिक्रि बितरण गरिरहेका छन साथै केहि बोरा मकवानपरुमा बिक्रि गर्नको निम्ति भित्राएका छन । हिजो र आज संकलन गरेको फोहोरहरुमा मिनिरल वाटरको बोटल, रक्सीका सिसिहरु, महिलाहरुले महिनावरीमा प्रयोग गर्ने सेनेटरि प्याडहरु, पुकारका खोल , चुरोटका बटटाहरु लगाएतका पन प्रयोग हुने तथा नहुने फोहोरहरु संकलन गरेका छन ।