भुजेल हत्या प्रकरण: ५ जनालाई पक्राउ गरि अनुसन्धान

हेटौडा टुडे
८ माघ २०७६, बुधबार १२:१०

माघ ८ हेटौंडा 

मकवानपुर प्रहरीले  अधिकारकर्मी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा  हेटौंडाबाट ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले हत्यामा सम्लग्न भएको आशंकामा केही युवालाई पक्राउ गरेको बताए ।  प्रहरीले पक्राउ गरेका मध्ये २ जना हेटौंडा–११ थानाभर्याङस्थित एक होटलमा काम गर्ने युवाहरु रहेको बुझिएको छ । भुजेलको शव क्याम्पाडाँडामा भेटिए पनि उनले चढ्दै आएको ना ५३ प २७३४ को स्कुटर थानाभर्याङमा भेटिएको थियो । प्रहरीको अनुसन्धानले मध्यरातको १२ बजेसम्म भुजेल थानाभर्याङमै रहेको देखाएको छ ।

अहिले घटनाको अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको उनले जानकारी दिए । अनुसन्धान सकिएपछि घटनामा सम्लग्न भएको पुष्टि भएमा सार्वजनिक गर्ने कुर्मीले बताए ।

यता अधिकारकर्मीहरुले उनको बलात्कारपछि हत्या भएको हो , दोषिलाई छिटै समातेर कडा कारबाही गर्न माग गर्दै आएका छन् ।

भुजेलको गत शनिवार हेटौंडा–५ क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । मृतक भुजेलको घाँटी र टाउकोमा लागेको चोटपटकले हत्या भएको आशंका प्रहरीले गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*