माघ,८ हेटौँडा ।गत माघ ४ गते हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा मृत अवस्थामा भेटिएकी तेश्रोलिङ्गी अजिता भुजेल करिब दुई महिनादेखि एक युवकसँग ‘लिभिङ टुगेदर’को रुपमा बस्दै आएको खुलासा भएको छ । तर उनी अजिताको शव भेटिएपछि फरार रहेका छन् ।
उनीहरु बिहे नगरी आपसी समझदारीमा श्रीमान्–श्रीमतीको रूपमा बस्दै आएको जानकारी आफुहरुलाई आएको निलहिरा समाज मकवानपुरकी कार्यक्रम संयोजक किरण थापा (सुरज) ले जानकारी दिईन् । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि थापाले उनी करिब दुई महिनाबाट हेटौँडाको एक घरमा एउटै कोठामा बस्दै आएका थिए ।
अजिताको साथीसमेत रहेकी थापाले विगत २ महिनादेखि अजिताको उक्त ब्यक्तिसँग सम्वन्ध रहेको र उनको शब भेटिएपछि ति ब्यक्ति फरार हुनु शंकाको विषय भएको बताईन् । आफुलाई अजिताले ति ब्यक्तिको फोटो देखाएको तर आफुहरुले उक्त ब्यक्तिसँग नभेटेको उनको भनाई रहेको थियो ।
थापाले भने :अजितालाई हामीले जो पायो त्यहि अपरिचितसँग नबस्नु भन्दा उसले त्यो भेरो बुढा हो भन्ने जवाफ दिने गर्थिन, उनले कोठको साँचो पनि दुईजनासँग भएको बताउथिन् ।
थापाको अनुसार अजिताको हत्या भएकै दिनबाट ति ब्यक्ति पनि गायब हुनु रहस्यको विषय भएको भन्दै आफुहरुले सो ब्यक्तिको तस्बिर प्रहरीलाई उपलब्ध गराईसकेको बताए ।
sources : khabarbreak
हेर्नूृहोस भिडियो