माघ १० हेटौंडा/ मकवानपुर प्रहरीले भन्सार छली ल्याएको कपडा सहित एकजना मानिस पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ४३ वर्षीय रिता थापा रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार (आज) बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहत प्रहरी चौकी बसपार्कबाट प्रहरी सहाएक निरीक्षक सुरेन्द्र हजाराको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकिङ गर्दा बिरगंजबाट चितवन तर्फ जाँदै गरेको बसमा भन्सार छली लुकाई ल्याएको रू. १,१७,००० बराबरको विभिन्न किसिमको रेडिमेड साडी, कुर्था सुरुवालका कपडाहरू सहित थापालाई पक्राउ गरेको हो ।
थापालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक कानूनी कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्