
हेटौंडा, ११ माघ /जिल्ला प्रहरी कार्यालय मकवानपुरले सालको काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ बस्ने २४ वर्षीय युवाराज साह र सोही ठाउँ बस्ने ३१ वर्षीय बलराम पण्डितलाई सालको काठसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।

सालको काठ र ब्यक्ति प्रहरीको नियन्त्रणमा
शुक्रबार राति प्रहरी सहायक निरीक्षक यज्ञ प्रसाद अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ना. ५ च २८९५ नम्बरको जिपलाई रोकी चेकजाँच गर्ने क्रममा ५६ क्यूफिट सालको बरामद भएपछि उनीहरुलाई गाडीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बरामद काठको बजार मुल्य रु २ लाख रहेको छ । पक्राउ व्यक्ति, बरामद काठ र गाडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हेटौंडा पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

