हेटौँडा १५ बाट लागुऔषध नाइट्रोभेट ७३ ट्याब्लेट सहित दुई युवा पक्राउ

हेटौंडा टुडे
१२ माघ २०७६, आईतवार १९:५५

माघ १२ हेटौँडा/मकवानपुर प्रहरीले हेटौँडा १५ पशुपतिनगरबाट लागुऔषध नाइट्रोभेट ७३ ट्याब्लेट फेला पारेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले हेटौंडा–१५ मा शंकास्पद रुपमा हिडीरहेका दुई युवाबाट लागुऔषध नाइट्रोभेट फेला परेको हो । हेटौंडा–१५ बस्ने वर्ष २२ का विजय डिम्डुङ र हेटौंडा–१६ बस्ने वर्ष २६ का सोम थोकरलाई चेक गर्दा उनीहरुको साथबाट उनीहरुलाई लागुऔषध नाइट्रोभेटसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*