१५ माघ, हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुर ले ३२ किलो लागूऔषध गाँजा सहित ३ जना लाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कार चालक भारत मुजफपुर बस्ने ३५ वर्षीय संजित पासवान र कार मा सवार साहि ठाउँ बस्ने ३५ बर्षीय अजैमल हवारी र भारत मजफुरनै बस्ने ४५ वर्षीय जाहेरा खातुन रहेको मकवानपुर प्रहरी ले जनाएको छ ।
गए राति पूर्व पच्श्रिम लोकमार्ग सडक खण्ड अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभयाड मा बिषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा बाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी को कमाण्डमा खटिएको ट्राफिक सहितको चेकिड टोलिले मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको भारतीय कारलाइ रोकि चेकजाँच गर्न खोज्दा उक्त कार नरोकि भैरबडाँडा तर्फ भाग्दा प्रहरी ले चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गर्दा समेत नरोकेको ले पुन अर्का १ राउण्ड गोली कारको टायरमा फायर गरी कारलाई नियन्त्रण गरेको पत्रकार सम्मेलन मा प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले बताएका छन्।
कुर्मीका अनुसार कारको पछाडीकोे सिटमुनि फल्स बटम बनाई १६ वटा पाकेटामा ३२ किलो अवैध लागुऔषध गाँजा फेला पारी गाँजा सहित उनिहरुलाई नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालय तर्फ ल्याउने क्रममा पूर्व पच्श्रिम सडक खण्ड स्थित हेटौंडा ११ राप्ती पूल मा काँकडभिट्टा बाट धनगढी तर्फ जाँदै गरेको ना ५ख ५५८२ नम्बरको यात्रुवाहक बसले प्रहरी को गाडी ना १ झ १४१७ नम्बरको मोवाईलगाडी लाई ठक्कर दिदा प्रहरी निरीक्षक सहित ५ जना प्रहरी घाईते भएको र गाँजा तस्कार मध्य १ महिला घाईते भएको र अहिले घाईतेहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको बस र बसचालक भने प्रहरीको नियन्त्रण मा रहेको छ ।
घाईतेहरुको नामावली :
. वडा प्रहरी कार्यालय हेटौंडामा कार्यारत प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी , भण्डारीको टाउकोमा चोट अवस्था सामान्य
.रातेमाटे दरबन्दी भइृ हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी हल्दार निरीक्षक बहादुर राई , राईको सामान्य हातखुट्टा मा चोट लागेको
प्रहरी गाडी चालक शसस्त्र प्रहरी सिन्धुलि दरबन्दी भइृ हाल वडा प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी हल्दार सुक्रराज खत्री , खत्रीको सामान्य हातमा चोट
.जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी समुन्द्र श्रेष्ठ को खुट्टामा सामान्य चोट
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान सुरेश कुमाल ,कुमाल को सामान्य हातखुट्टा मा चोट
त्यस्तै,
.भारत मुजफपुर बस्ने ४५ की जाहेरा खातुन अनुहारमा चोट र खातुन को अवस्था सामान्य रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
यसैबिच ३२ किलो लागूऔषध गाँजा ओसार्ने ३ जनालाइ कानूनी प्रावधान अनुसार लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख रुपैया जरिवाना हुने प्रहरीले जनाएको छ ।