दुई सहकारी सस्थांहरु एकीकृत ,नाम सर्वोत्तम संञ्चिती

हेटौंडा टुडे
१८ माघ २०७६, शनिबार २१:१९

माघ १८, हेटौडा

हेटौडा उपमहानगरपालिका भित्रका दुई सहकारी सस्थांहरु एकीकृत भई साधारण सभा सम्पन्न गरेको छ । । हेटौंडा ८ मा रहेको सर्वोत्तम बचत तथा ऋण सहकारी संस्था र हेटौंडा १० मा रहेको सञ्चिती बचत तथा ऋण सहकारी संस्था एकीकृत भई नयाँ कार्यसमिति चयन गरिएको छ । साथै आजबाट यि दुई सहकारी सस्थांहरु एक भएका छन् र नाम सर्वोत्तम सञ्चिती बचत तथा ऋण सहकारी संस्था रहने छ ।

सहकारी ऐन २०७४ र नियमावली २०७५ अनुसार सहकारीलाई बलियो बनाउन एकिकरणको अवधारणा अनुसार सहकारी एकीकृत गरिए सगैं यि दुई सहकारीको नाम नमर्ने गरि दुबै सहकारीको नाम रहने गरि सर्वोत्तम सञ्चिती बचत तथा ऋण सहकारी संस्था लिमिटेड राखिएको छ । आज भएको एकीकृत साधारण सभामा चार वर्षका लागि नयाँ कार्य समिति गठन गरिएको छ । समितिको अध्यक्ष राम बहादुर बस्नेत , उपाध्यक्षमा लक्ष्मी रौनियार, कोषाध्यक्षमा गोपीकृष्ण ढुङ्गेल, सहसचिवमा विकाश प्रसाद दाहाल चयन भएका छन्, । संस्थाको सहकारीको सदस्यहरुमा भने रामनाथ बगाले, धनकुमारी राजथला, कलावती खड्का, रितु विष्ठ, सीतादेवी तिवारी, नारायण पौडेल, चेतनाथ आचार्य र विरोध मोक्तान चयन भएका छन् । सहकारीको लेखा समितिको संयोजकमा रेवतीरमण न्यौपाने चयन भए भने सदस्यहरुमा अन्जना विष्ठ, तीर्थराज अधिकारी रहेका छन्  । पौष मसान्त सम्म सर्वोत्तम साकोसको शेयर पुजीँ ६२ लाख १४ हजार ६५० रहेको थियो भने सञ्चिती साकोसको १७ लाख ५१ ह्जार ४ सय रहेको छ । ६९९ शेयर सदस्य रहेको सञ्चितीमा सर्वोत्तममा भने एक हजार १३ शेयर सदस्य रहेको थियो ।

हेटौंडा उपमहानगरका पालिकाका मेयर हरि बहादुर महतको प्रमुख अतिथ्यतामा सम्पन्न एकीकृत साधारण सभामा सञ्चिती साकोसका अध्यक्ष प्रविण श्रेष्ठ, हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामा, हेटौंडा उपमहानगरका सहकारी शाखाका प्रमुख रामकृष्ण थापा, हेटौंडा सिमेण्टका अध्यक्ष रघुरमण न्यौपाने लगायतकाको उपस्थिती रहेको थियो । सर्वोत्तम  बचत तथा ऋण सहकारी संस्था लिमिटेड विगत देखि विभिन्न उत्पादन वस्तुहरु उत्पादित गरि विक्रि वितरण गर्दै आइरहेको छ । सहकारीले चियापति ,तोरीको तेल, पिना, चनाको सातु, फापरको पिठो, कोदोको पिठो, दुनाटपरी र विभिन्न थरिका अचारहरु उत्पादन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*