हेटौंडा, २२ माघ । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी खोलामा अवैध उत्खनन् भइरहेको पाइएको छ । मंगलबार जिल्ला अनुगमन समितिले मनहरी खोलामा व्यापाक नदीजन्य पदार्थ अवैध तरिकाले उत्खनन् गरिरहेको भेटाएको हो ।
सुमदायको नाममा घर बनाउन भन्दै मनहरी खोला दोहन गरेर क्रसरमा नदीजन्य पदार्थ थुपार्ने काम भइरहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा अनुगमन समिति संयोजक रघुनाथ खुलालले बताए । क्रसर उद्योग र पर्सा वन्यजन्तु आरक्षको मिलेमतामो मनहरी खोला दोहान भइरहेको पाइएको छ ।
घर बनाउन ढुंगा, गिट्टी बालुवा उत्खनन् गर्दै आरक्षले कर उठाइरहेको छ । मनहरीका क्रसर उद्योगसँग मिलेमतोमा प्रत्यक ट्याक्टरबाट अवैधानिक रुपमा रसिद काटेर आरक्षले कर संकलन गरिरहेको हो । उक्त मनहरी खोला उत्खनन् गर्न वातावरणीय प्रभाव मुल्याङकनको स्वीकृति जिल्ला समन्वय समितिले दिएको छैन् । स्वीकृति बिनै मनहरी खोलामा अवैध उत्खनन् भइरहेको अनुगमन समिति संयोजक घुलालले बताए ।
खोलाका ढुंगा, गिट्टी बालुवा समुदायमा घर बनाउन भन्दै क्रसर उद्योगहरुले डम्पिङ गर्दै आएका छन् । उक्त अवैध काममा आरक्षले कर उठाइरहेको छ । आरक्षलाई कर नउठाउन अनुगमन समितिले निर्देशन दिएको छ । कर उठाउने वैधानिक आधार भए सक्कल कागजातसहित आउन आरक्षलाई निर्देशन दिएको खुलालले बताए ।
मनहरी र राप्तिखोलामा नदीजन्य पदार्थ उत्खनन् गर्ने क्रसर उद्योग र ट्याक्टर व्यवसायीहरुका कारण खोलमा थुप्रै खाल्डाखुल्डी छन् । मनहरीका खोलामा बनेका खाल्डाखुल्डीमा डुबेर यसअघि मानिसको ज्यानसमेत गएको छ । मनहरी खोलामा वर्षौदेखि अवैध उत्खनन् हुँदै आएको छ । जिल्ला स्थित सम्बन्धित निकायले एक्सन लिएपनि मनहरी क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन् रोकिएको छैन् ।
वातावरणीय प्रभाव मुल्याङकन गरेका मनहरीका खोलामा मनहरी गाउँपालिकाले उत्खनन् गर्न पनि आरक्ष बाधक भएको छ । जिल्ला अनुगमन समितिले मकवानपुरका विभिन्न खोलहरुको अनुगमनलाई नियमित गरिरहेको छ । अनुगमनको क्रममा यहाँका खोलामा अवैध उत्खनन् नरोकिएको पाइएको छ ।यसअघि सोमबार र मंगलबार राप्ति र कुखरेनी खोलामा गरिएको अनुगमनका क्रममा करिब ३ दर्जन अवैध बालुवा प्लान्ट भत्काएर उपकरण जफत गरिएको छ ।साभार : tukhabar.com