हेटौंडा १४ मयुरधापमा अस्थायी प्रहरी बिट स्थापना

हेटौंडा टुडे
२४ माघ २०७६, शुक्रबार १४:३६

२३ माघ ,हेटौंडा/ बागमती प्रदेशको राजधानी भए लगतै हेटौंडाको विभिन स्थानमा सुरक्षा व्यवस्था कडा बनाउन प्रहरी बिट तथा अस्थायी चौकीको विस्तार भइरहेको छ ।

बिहीबार हेटौंडा उपमहानगरको १४ नम्बर वडा कार्यालय मयुरधापमा अस्थायी प्रहरी बिटको स्थापना गरिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बिटको स्थापनाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत, वडा १४ का अध्यक्ष दीपक खड्का, मकवानपुरका प्रहरी प्रमुख सुशिलसिं राठौर लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

आफ्नो वडा बजारबाट र इलाका प्रहरी कार्यालयबाट अलि भित्रै परेकोले सुरक्षाको लागि अस्थायी बिटको स्थापना गरिएको वडा अध्यक्ष खड्काले बताए । यहाँ विभिन्न सहकारी संस्थाको कार्यालय सहित वित्तिय संस्थाहरु पनि रहेको र स्थानियको लागि शान्ति सुरक्षा होस्, भन्ने हिसाबले प्रहरी बिट स्थापना गरिएको अध्यक्ष खड्काको भनाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*