गढिमा पर्यटकिय सम्भाबना बड्दै ,आजबाट सुरु भो जिपलाईन

हेटौंडा टुडे
२ फाल्गुन २०७६, शुक्रबार १९:०६

मकवानपुर गढि गाउपालिकाका अध्यक्ष विदुर हुमागाईले जीपलाइन प्रयोग गरि सञ्चालनको सुरुवात गरिएको फोटो

 

फागुन २ , हेटौडा

सुक्रबारबाट मकबानपुर गढिमा जिप लाईन सन्चालनमा आएको छ । मकवानपुरगढी गाउँपालिका वडा २ ताप्लाखर्कमा अबस्थित उक्त जीपलाइनको मकवानपुर  गढि गाउपालिकाका अध्यक्ष विदुर हुमागाईले पुजाआजा गरि जीपलाइन प्रयोग गरि सञ्चालनको सुरुवात गरिएको थियो ।

भ्रमण वर्ष २०२० लक्षित गरि मकवानपुर जिल्लामा नै पहिलो पटक जीपलाईन सञ्चालन गरिएको सञ्चालक रविकुमार श्रेष्ठले बताए । ऐतिहासिक मकवानपुर गढी दरवार रहेको स्थान नजिक यस्तो कार्य सुरुवात हुनु ले गढी दरवारमा पर्यटक बड्नु सगै यो ब्यबसायको पनि चर्चा र परिचर्चा उतिकै हुनेमा गाउपालिकाका अध्ययक्ष ढुक्क रहेको बताएका छन । झन्डै १५ करोड लगानी रहेको मकवानपुरगढी जीपलाईन, होटल गढी भ्यु एण्ड रिसोर्ट जिपलाईनलाई छिट्टै सञ्चालन गरिएको भएता पनि होटल रिसोर्टको निर्माण कार्य धमाधम भईरहेको सन्चालकले बताएका छन । निमार्णाधिन रिसोर्टमा १७ वटा डिलक्स कोठा सहित रेष्टुरेन्ट, कफिसप, स्वीमिङ पुल सहित निर्माण हुन लागेको रिसोर्टमा टेन्टमा सुत्ने व्यवस्था र डिजे पार्टी हुने श्रेष्ठले बताए । जिपलाइनमा फागुन महिनाभर २० प्रतिशत छुट रहने जनाइएको छ । जिपलाईन खेल्न सिंघलको २ हजार, डबलको ३ हजार पाँच सय, र सुपरम्यानको ३ हजार दररेट रहेको जनाइएको छ । हेटौंडा बजारबाट झण्डै १८ किलोमिटर टाढा रहेको जीपलाईनमा सिंघल, डवल सुपरम्यान १ किलोमिटर लम्बाईमा रहेको जीपलाईनमा खेल्न सकिने व्यवस्था रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*