मकवानपुरका प्रहरी प्रमुख राठोर सादा पोसाकमा, प्रहरीहरुको गयो सातो ।

हेटौडा टुडे
४ फाल्गुन २०७६, आईतवार २२:१२

फागुन ४ , हेटौडा

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शुसिल सिंह राठोर आईतबार आफ्नो मातहतका कार्यालय फाखेल ,भिमफेदी र भैसैमा सादा पोसाकमा एक्कासी पुगेका थिए । उपरिक्षक राठोर एक्कासी मातहतका कार्यालय पुग्दा प्रहरीहरु आत्तिएका थिए । काठमाडौं बाट हेटौंडा तर्फ आउने फाखेल सडक खण्डमा बढी दुर्घटना हुन सक्ने भएकाले मातहतका कार्यालयलाई सक्रिय हुन निर्देशन दिन आफु त्यहाँ पुगेको उपरिक्षक राठोरले बताउनुभयो । मातहतका कार्यालयका प्रहरीहरुले गरीरहेका  कामको निगरानी गर्न समेत सादा पोसाकमा जाने गरेको उपरिक्षक राठोरले बताउनुभयो । उपरिक्षक राठोरले मातहतका सबै प्रहरीलाई  पुर्ण जिम्मेवार भई काम गर्न निर्देशन समेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*