श्रीकृष्ण प्रणामी मन्दिर सामरीमा भोलीबाट सप्ताह सुरु,आज मोटरसाइकल ¥याली

हेटौडा टुडे
८ फाल्गुन २०७६, बिहीबार १६:१२

फाल्गुन ८ हेटौंडा /मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको वडा नंबर ५ सुन्दरधाम सामरीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको लागि आज प्रचारप्रसारमा मोटरसाइकल ¥याली गरिएको छ ।

श्रीकृष्ण प्रणमी सेवा नेपाल मन्दिर सञ्चालक समितिले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा भूकम्पले क्षती ग्रस्त भई निमार्णाधिन अवस्थामा रहेको श्रीकृष्ण प्रणमी मन्दिर निर्माणार्थ सहयोग जुटाउन र विशुद्ध धार्मिक एंव आध्यात्मिकमोक्ष प्राप्त गर्ने निस्वार्थ भावनाले श्रीमद् भागवत ज्ञान महायज्ञ गर्न लागिएको प्रचारप्रसार समितिका संयोजक देवी प्रसाद अधिकारीले बताए ।

भागवत महायज्ञ हुने स्थानबाट मकवानपुरगढी ६ बागदली, डुम्रेकुना हुदैं गढी २ को बाँसपानीबाट शिकरकटेरी हुदैं मक्रान्चुलीबाट आमभञ्ज्याङ पुगी धादिङ,कालिवन, सिमलटार पुगी पुन मन्दिरमा आएर समापन गरिएको संयोजक अधिकारीले बताए ।

मन्दिरको निमार्ण कार्य सम्पन्न गर्न अनुमानित लागत २ करोड लाग्ने बताइएको छ । महायज्ञमा लाग्ने अनुमानित खर्च १३ लाख कटाई महायज्ञबाट ३० लाख रुँपया संकलन गरिने लक्ष्य राखेको आयोजकले बताएको छ । महायज्ञमा नेपालकै प्रथम भागवत वाचिका विधुषी सुश्री तारा घिमिरेले कथा वाचन गर्ने छिन्, ।

फोटो शिधाखबर डटकम

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले भोली ९ गते कार्यक्रमको उद्घाटन रहेको आयोजकले जनाएको छ । विहान ७ बजे सिमलटारबाट १०८ कलशयात्रा सुरुवात गरि मन्दिर पुगिने तयारी समेत भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*