हेटौंडा युवा अभियानद्धारा ह्विल चियर प्रदान

हेटौडा टुडे
१२ फाल्गुन २०७६, सोमबार १९:५०

फाल्गुन १२ हेटौंडा/हेटौंडा युवा अभियानले अपाङग भएका एक व्यक्ति लाई ह्विल चियर प्रदान गरेको छ ।
युवा अभियानले हटौंडा—२ संगमचोकमा बस्ने मिलन वाईवालाई ह्विल चियर प्रदान गरेको हो । कार्यक्रममा अभियानका अध्यक्ष विकल्प बर्तौला र मन्जला बानियाँले वाईवालाई करिब ४० हजार बराबरको ह्विलचियर प्रदान गरेका थिए । वाईवाको जन्मजातदेखिनै दुईवटा खुट्टा लुलो रहेको छ । अभियानका अध्यक्ष बर्तौलाका अनुसार, वाईवासंग ह्विलचियर भएतापनि पुरानो र बिग्रने अवस्था भएको सुने पश्चात आफुहरुले समाजसेवि जापानमा कर्मभुमी बनाउदै आउनुभएका कपिलदेव थापाको सहयोगमा उतm ह्विल चियर वाईवालार्य प्रदान गरेको बताए । उनका अनुसार अन्य त्यस्ता खाले व्यक्ति भए आफुहरुले अझै ह्विलचियरको सहयोग गर्न सक्ने समेत जानकारी दिए । हेटौंडा युवा अभियानले यो भन्दा अघिपनि विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*