दुबै मृगौला फेल सिमा कुमारी चौधरीलाई आफुले सकेको सहयोग गरौं

हेटौडा टुडे
१२ फाल्गुन २०७६, सोमबार २१:४८

फाल्गुन १२ रौतहट/रौतहट चन्द्रपुर वडा नम्बर १० बाल्चनपुर बस्ने बर्ष २२ कि सिमा कुमारी चौधरी बिगत १४ महिना अगि देखि दुबै मृगौला फेल रहि उपचाररत छिन ।
दुबै मृगौला खराबी देखिएकोले उनी चितवन स्थित चितवन मेडिकल कलेज [सी यम सी] मा करिव ६/७ महिना उपचारमा लागिन ।

चौधरीको केही सुधार नदेखिएकोले उनको परिवारको सल्लाह अनुसार काठमाडौको वीर हस्पिटलमा उपचार गर्न पुगिन । वीर हस्पिटलबाट [ट्रांस्फोर] हुँदै सुमेरु हस्पिटल धापाखेल पुगिन ।

उनी बाच्ने आसले इन्डिया स्थित मोतिहारीमा समेत उपचार गर्न पुगिन । गरिव परिवार , आर्थिक स्थिति एकदम नाजुक , उपचार गर्दा गर्दै आफु सग भएको केही जग्गा साहु महाजनले खोसिदिए । करिव २५ लाख सक्कियो तर पनि सिमाको स्वास्थमा सुधार आएन । उनी त्यहा बाट आर्थिक अभावले आफ्नै घर चन्द्रपुर रौतहट फर्किन ।

अहिले बिरगंजको नेशनल मेडिकलमा हप्तामा दुई पटक उपचार गराउनु पर्ने हुन्छ । बुबा ललित किशोर धामी ट्रकमा ड्राइभर पेशा गर्नु हुन्छ , जगाको नाममा हाल १० धुर घडेरी र एउटा झुपडी मात्रै रहेछ । आमा मन्जु श्री , परिवारमा बुबा ललित किशोर ,बहिनिहरु क्रमश: रिमा , रन्जु , सम्झना र एउटा भाइ जनार्दन धामी छ्न ।

सहयोग रकम हस्तान्तर

एउटि नारी जन्म हुन्छिन अनि बाच्न चाहन्छिन त्यति मात्रै होइन उनले अरुलाइ पनि सन्सार देखाउन चाहन्छिन हामी सबै मिलेर बहिनी सिमा कुमारी चौधरीलाई सहयोग गरौं । थोपा थोपा सहयोग गरौं
प्रभु बैंकको खाता नम्बर १५४०१३००९५७२८२०००००१
सम्पर्क नम्बर :रिमा कुमारी चौधरी ९८२११९७५२६

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*