रोकिराखेको स्कुटर र मोटरसाइकललाई कारले दियो ठक्कर

हेटौंडा टुडे
१४ फाल्गुन २०७६, बुधबार १७:१४

फागुन१४ हेटौंडा/हेटौंडा उपमहानगरपालिका २ स्थित मानसचोकमा  सवारी दुर्घटना भएको छ । मानसचोकमा रोकिराखेको १ वटा स्कुटर र २ वटा मोटरसाइकललाई कारले ठक्कर दिएको छ । मानसचोकबाट संगमचोकतर्फ जाँदै गरेको प्रदेश नम्वर ३–०१–०२३ च २२५ नम्वरको कारले सडक पेटीमा चढेर स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको छ । तीव्र गतिमा आएको कारले सडक छोडेर फुटपाथमा चढेको थियो ।

दुर्घटनामा मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले कारका चालकलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*