सालक पार्क महायज्ञको हिसाव सार्वजनिककरण तथा सम्मान कार्यक्रम सम्पन्न

चुच्चेखोला वनको बार्षिकोत्सव
हेटौडा टुडे
१५ फाल्गुन २०७६, बिहीबार १७:४०

फागुन१५ , हेटौंडा /हेटौंडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ३० औं बार्षिकोत्सव मनाएको छ ।हेटौंडा–१७ मा रहेको सालक पार्कमा भएको बार्षिकोत्सव कार्यक्रममा समूहद्वारा संचालित श्रीमदभागवत ज्ञान महायज्ञको हिसाव सार्वजनिककरण तथा सम्मान गरिएको थियो । कार्यक्रममा महायज्ञ सफल गर्न सहयोग गर्ने जनप्रतिनिधि, संचारकर्मी, विभिन्न उपसमितिका संयोजक, सदस्य, संघसंस्था लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महायज्ञमा ८६ लाख ५० हजार रुपैंया आर्थिक संकलन भएको थियो । जसमध्ये नगद संकलन ३३ लाख ४५ हजार र जिन्सी संकलन ५३ लाख ५ हजार रुपैँया संकलन भएको आर्थिक समितिका संयोजक एवं वन समूहका कोषाध्यक्ष राजन चौलागाईले जानकारी दिएका थिए । महायज्ञमा १९ लाख २५ हजार रुपैँया खर्च भएको चौलागाईले जानकारी दिए ।

सम्मान कार्यक्रम

मकवानपुरगढी वडा नम्बर २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष एवं महायज्ञ मूल समारोह समितिका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौंडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना र भीमप्रसाद अधिकारी, सव–डिभिजन वन कार्यालय हर्नामाडिका प्रमुख गोविन्द अर्याल, समूहकी उपाध्यक्ष कल्पना पराजुली, कार्यालय सचिव केदार गौतम, संचारकर्मी भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यो समूह समुदायमा हस्तान्तरित मकवानपुरकै पहिलो सामुदायिक वन हो । जिल्ला वन कार्यालयले यस समूहलाई २०४७ साल फागुन १५ गते हस्तान्तरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*