
फागुन १६ हेटौँडा/पहिलो रुफटप रेष्टुरेन्ट सहित हेटौँडा १० टिसिएन रोडमा सन्चालनमा आएको सुर्यान्स होटलले प्रत्येक शुक्रबार गजल आयोजना गर्ने भएको छ ।
शुक्रबारलाई रमाईलो बनाउँदै हेटौँडा र बाहिरबाट आउने पर्यटकका लागि रेष्टुरेन्टले रुफटपमा गजल सन्चालन गर्न लागेको होटलका म्यानेजर नकुल गिरीले जानकारी दिए ।
हेटौँडेली कलाकार बाबू र हिरा क्षेत्रीले प्रत्येक शुक्रबार गजल प्रस्तुत गर्नै गिरीले बताए होटलको सातौँ तल्लामा सन्चालनमा रहेको रेष्टुडेन्टमा गजल सुन्दै हेटौँडाको दृश्यालोकन गर्न सकिने बताएको छ ।

सुर्यान्स बाट देखिने हेटौँडा बजारको दृश्य
साढे २करोडको लगानी थप गर्दै नयाँ शैलिबाट सन्चालनमा आएको होटल नयाँ संवाद दिनको लागि रुफटप रेष्टुरेन्ट सन्चालनमा ल्याएको म्यानेजर गिरी ले बाताए । उनले यसो भन्छन् “हेटौँडाको केहि फरक गरौँ भन्ने उद्देश्य हो , त्यहि अनुसार प्रत्येक गजल गर्दै छैाँ ।”
६० जनाको सिट क्षमताको रुफटपमा गजलको मज्जा लिनका लागि टेवल पहिले नै बुक गर्ने व्यवस्था रहेको छ । साँझ ६ बजेदेखि ९ बजे सम्म गजल प्रस्तुत रहने बताईएको छ ।

