अबैध लागु औषध सहित मकवानपुरबाट दुई जना पक्राउ

हेटौडा टुडे
१७ फाल्गुन २०७६, शनिबार १३:०९

फागुन१७,हेटौंडा/मकवानपुर प्रहरी ले अबैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ७ रमनटार बस्ने २६ वर्षिय बिकाश भन्ने कुमार मुक्तान र सोहि मोटरसाईकलको पछाडी सवार भई आएका सोहि ठाउँ बस्ने २८ वर्षिय रोशन भन्ने श्याम बहादुर तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको चेकिङ टोलीले मनहरी गाउँपालिका वडा नम्बर ९ तिरतिरे धारा ज्यामिरे सडक खण्डमा हेटौडा बाट मनहरी तर्फ जाँदै गरेको ना१४ प ६२२३ नम्बरको स्पेलन्डर मोटरसाईकललाई शंका लागी चेक जाँच गर्ने क्रममा उनिहरुले बोकेको २ वटा झोलामा लागु औषध ओनरेक्स ७३ बोतल फेला परेको हो ।

प्रहरीका अनुसार उक्त फेला परेको लागु औषध सहित उनिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*