विशुद्ध शाकाहारी रेष्टुरेन्ट आहा भेज रेष्टुरेन्ट हेटौंडामा संचालन

हेटौडा टुडे
१७ फाल्गुन २०७६, शनिबार १४:४६

फागुन १७ हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो समय होटल प्रतिको क्रेज बढ्दै गएको अबस्थामा पुनः अर्को होटेल संचालनमा आएको छ ।हेटौंडा उपमहानगर पालिका वडा नम्बर १० बाइपास रोडमा आज (शनिबार)बाट आहा भेज रेष्टुरेन्ट संचालनमा आएको हो। आज (शनिबार) हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले रिबन काटेर रेष्टुरेण्टको उद्घाटन गरेका हुन्।

करिब ६० लाख लगानिमा रेष्टुरेन्ट सञ्चालनमा आएको संचालक शिव नारायण श्रेष्ठले जानकारी दिए । रेष्टुरेन्ट पर्यटन व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको श्रेष्ठले बताए । उनका अनुसार नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित सँगै शुद्ध साहाकारी ग्राहाकको माग र चाहानालाई मध्यनजर गरेर रेष्टुरेन्ट सञ्चालन गरिएको हो ।

रेष्टुरेन्टमा गाह्रकले खोजे जस्तो म:म,कफि , मिष्ठान्न सहित विभिन्न स्वदेशी तथा विदेशी परिकार पाइने र सबै परिकार विशुद्ध शाकाहारीको स्वाद लिन सक्ने रेष्टुरेन्टका संचालन अमित कुमार अग्रवालले बताएका छन्।

उदघाटन कार्यक्रममा दुग्ध उत्पादक संघ केन्द्रीय अध्यक्ष नारायण प्रसाद देवकोटा,होटल एसोसिएसन मकवानपुर अध्यक्ष संकरमान श्रेष्ठ, हेटौंडा १० का वडाध्यक्ष किताब सिंह लामा, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*