थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

हेटौडा टुडे संवाददाता
१७ फाल्गुन २०७६, शनिबार २१:२६

फागुन १७ हेटौडा /पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा११थानाभर्‍याङ स्थित चुरेहिल अस्पताल नजिकै मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

नवलपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६३ प ७७३४ नम्बरको मोटरसाइकल ठक्कर दिँदा हेटौंडा ११ डेरा गरि बस्ने बर्ष ८ निर्जल रानाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका बहादुर कार्कीले बताएका छन्।

बाटो काट्दै गरेका रानालाइ तिव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियो।रानाको उपचारको क्रममा चुरेहिल अस्पतालमा निधन भएको जनाइएको छ।

प्रहरी का अनुसार मोटरसाइकल चालक हेटौंडा ९ लामसुरे बस्ने अन्दाजी २४ वर्षिय निकेश सुबेदिको टाउको मा चोट र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २६ वर्षिय निरज सुवेदी को सामान्य हात खुट्टामा चोट लागेको छ ।

ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र चालकको प्रहरीको निगरानीमा चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*