प्रचण्डलाई जुत्ता हानिएको घटनाबारे छानबिन गर्न समिति गठन

हेटौंडा टुडे संवादाता
१९ फाल्गुन २०७६, सोमबार १३:४८

फागुन १९,काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर भएको जुत्ता प्रहारको घटनाबारे छानबिनका समिति गठन भएको हो । उक्त घटनाबारे छानबिन गर्न महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।

समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना सदस्य हुनुहुन्छ । आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । प्रहरीले घटनामा संलग्न जुम्लाका रतन तिरुवालाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*