फागुन २१,हेटौंडा/ मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीको गैरीभञ्ज्याङमा आज साँझ जन्ती बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छभने दुर्घटनामा परी ४९ जना घाइते भएका छन्। । घाइतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये २१ जनाको चुरेहिल अस्पताल र २८ जनाको मकवानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बस ब्रेक फेल भएर सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गढी–७ बस्ने वर्ष ३५ को सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने वर्ष २९ को सोमबहादुर मोक्तान रहेको प्रहरीले जानकारी दिएको छ । बाँकी २ जना मृतकको सनाखत भएको छैन् ।
मकवानपुरगढी–१ घट्टेपाखोबाट जन्ती बोकेर सुकौरा जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस शिखरकटेरीको गैरी भञ्ज्याङ मोडमा ब्रेक फेल भइ अन्यन्त्रित हुँदा बस दुर्घटना भएको थियो ।
यो पनि पढ्नुहोस् ,
मकवानपुर गढी गाउपालिका शिखरकटेरीमा जन्ती बस दुर्घटना, ३ जनाको ज्यान गयो