
फागुन २२,हेटौडा/पछिल्लो समय चीनलगायत ७० भन्दा बढी देशमा फैलिरहेको बेला कोरोना भाइरसको जोखिमले नेपालमा मास्कको अभाव भएको छ।चीनको वुहानबाट सुरू नोभल कोरोना भाइरस संक्रमण फैलदै गएपछि नेपालमा पनि उच्च सतर्कता अपनाईएको छ। समान्यतया कोरोना भाइरसको संक्रमणबाट बच्न प्रयोग गरिने माक्सको भने अभाव भएको छ । बाग्मती प्रदेशको राजधानी हेटौंडामा केहिदिन अघिदेखि माक्स पाइन छोडेको छ।
हिजोआज कोरोना भाइरसको संक्रमण हुने डरले माक्स लगाउनेहरुको संख्या निकेनै बढेको छ । जसले गर्दा अरुबेला कहिल्यै अभाव नभएको माक्स यतिबेला पाउनै मुस्किल भएको छ । संक्रमणबाट जोगिने एउटा उपाय ठानिएको मास्क नै बजारमा पाइन छाडेपछि कालोबजारी समेत शुरु भएको छ । अहिले हेटौंडामा सामान्य मास्क पनि पाइन छाडेको छ । सामान्य मास्कलाई समेत बिक्रेताले ४५ रुपैयाँ भन्दा बढि लिन थालेको माक्स प्रयोगकर्ता बताउछन् ।
हेटौंडाका अधिकांस औषधि पसलमा माक्स किन्न जादा पाईदैन। कतिपयले आफुले महंगोमा किनेर ल्याएको भन्दै बढी मूल्य लिएर बेचिरहेका छन्। यसै सन्र्दभमा एक व्यापारी यसो भन्छन् ‘ भारतमा २० रुपैयाँ ५५पैेसा पर्छ हैँटौडा ल्याएर बेच्दा ४५/५० रुपैयाँ पर्न जानछ त्यो भन्दा बरु न बेच्नी’
अर्का ब्यापारी यसो भन्छन्’ यो मास्क चीनबाट नेपाल आयात हुने भएकाले आयात बन्द भएको छ ।’ यसरी बजारमा अस्वभाविक रुपमा मास्कको मूल्य बढे पनि सरोकारवाला निकायको अनुगमन नहुनाले कालोबजारीले प्रश्रय पाएको हो । कालोबजारी ऐन अनुसार कुनै पनि सामान लागत मुल्यको २० प्रतिशत भन्दा बढी शुल्कमा विक्री गर्न पाइदैन ।कोरोनाको संक्रमणबाट बच्न एन नाइन्टी फाइभ नामक मास्क उपयुक्त मानिन्छ ।
त्यस्तो भएको खण्डमा कालोबजार ऐन अनुसार कारबाही हुने व्यवस्था छ । तर सरकारी निकायको निगरानी नहुँदा मास्क खरिदमा समेत सर्वसाधारण ठगिएको छन् ।

