चुरेशिखर कृषि सहकारी संस्थाको ११औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

हेटौंडा टुडे संवादाता
२३ फाल्गुन २०७६, शुक्रबार १७:२५

फागुन २३ हेटौंडा /हेटौंडा १५मा रहेको चुरेशिखर कृषि सहकारी संस्था लिले आफ्नो ११औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार केन्द्र हेटौडाको समन्वयनमा रक्तदान कार्यक्रम गरिएको थियो ।

रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन्,। हेटौंडा १५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम सभाध्यक्ष सहकारी संस्थाका शिक्षा तथा स्वास्थ्य उपसमिति संयोजक भिमसेन दंगालको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सहकारी संस्था अध्यक्ष राजु दर्लामी, उपाध्यक्ष गिता प्रसाद दुलाल,च्रियामाई माविका अध्यक्ष सुनिल मुक्तान, महिला जनशक्ती साकोसका अध्यक्ष जुना दंगाल, स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपेश थिङ, सिंह बहादुर बिक, सुर्य बहादुर घलान, बासुदेव खतिवडा, बिक्रम थापा, सचिव भीम पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*