फागुन २३, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईले होली मिलन कार्यक्रम स्थगित गरेको छ ।
शुक्रबार गर्ने भनिएको होली मिलन कार्यक्रम कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरेको हो । इकाई संयोजक सन्तोष चौलागाईद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र र जिल्ला प्रशासन कार्यालय मकवानपुरले समेत ठूलो भेला, सभा, सम्मेलन नगर्न सूचना जारी गरेकोले कार्यक्रम स्थगित गरेको जनाएको छ । विज्ञप्तिमा कोरोना संक्रमणको जोखिमबाट बच्न सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।
सेयर गर्नुहोस्