खुकुरी देखाएर महिलालाई धम्क्याउने ठकुरी प्रहरीको नियन्त्रणमा

हेटौडा टुडे संवाददाता
२३ फाल्गुन २०७६, शुक्रबार २०:४३

फागुन २३ हेटौडा /वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाले खुकुरी देखाएर महिलालाई धम्क्याउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा-४ भैरवरोड बस्ने स्थानीय ६१ बर्षीय बसन्तसिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुससासार शुक्रबार (आज) दिउसो हेटौंडा-४ भैरवरोड मिलनचोकमा खुकुरी देखाएर काट्छु, मार्छु’ भन्दै हिडेको अवस्थामा ठकुरीलाई वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी सहितको टोलीले पक्राउ गरेको हो । उनीमाथि आवश्यक अनुसन्धान भईरहेको बताईएको छ । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*