अन्तर्राष्ट्रिय महिला दिवस : कानुन र संविधानमा समानता भए पनि व्यवहारमा विभेद कायमै

हेटौंडा टुडे संवादाता
२५ फाल्गुन २०७६, आईतवार १२:३७

२५ फागुन ,काठमाण्डौ – आज मार्च ८ तारिख अर्थात ‘अन्तर्राष्ट्रिय महिला दिवस’ । ‘समानताको पुस्ता : अन्त्य गरौँ, हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ मनाईँदैछ।

नेपालको संविधानले महिलालाई लैङि्गक भेदभावबिना समान हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायत अधिकार निश्चित गरे पनि पूर्ण कार्यान्वयन भने हुन सकिरहेको छैन ।

महिलालाई शब्दमा समानता भए पनि ब्यवहारमा भने विभेद कायमै छ । स‌विधानमै ग्यारेण्टी गरिएको झण्डै ३३ प्रतिशत महिला सहभागिता पनि सबै ठाउँमा कार्यान्वयन हुन सकेको छैन ।

सङ्घीय सरकारमा १३ प्रतिशत मात्र महिला मन्त्री छन् भने प्रदेश सरकारमा साढे १४ प्रतिशत र पालिकामा झण्डै ४१ प्रतिशत महिला प्रतिनिधित्व छ । यस्तै निजामती क्षेत्रमा झण्डै २६ प्रतिशत महिला कर्मचारी छन् ।

सुरक्षा फौजमा महिलाको उपस्थिती झनै कम छ । नेपाल प्रहरीमा साढे ८, सशस्त्र प्रहरीमाझण्डै ८ र सेनामा साढे ५ प्रतिशत महिला  छन् । यस्तै न्यायालयमा सर्वोच्च अदालतमा १४ प्रतिशत, र उच्च अदालतमा ३ प्रतिशत मात्र महिला न्यायाधीस छन भने १७ प्रतिशत अधिवक्ता र ६ प्रतिशत वरिष्ठ अधिवक्ता मात्र महिला छन् ।

दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रम भने स्थगित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेसँगै भेला, सभा, सम्मेलन, लगायत कार्यक्रम स्थगित गरिएको जनाएको छ । मन्त्रालयले प्रज्ञा भवन कमलादीमा औपचारिक कार्यक्रम गर्ने तयारी गरेको थियो ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, लगायत विभिन्न दलका नेताहरुले शुभकामना दिनुभएको छ ।स्रोत :unn.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*