२५ फागुन,काठमाडौं/नेपाल कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेकोले सतर्कता अपनाउनका लागि भन्दै नेविसंघले मास्क वितरण गरेको छ । काठमाडौंको बानेश्वरमा आइतबार एक हजार थान मास्क वितरण गरेको हो ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाभाइञरस फैलन सक्ने उच्च जोखिममा रहेको सूचीमा राखेको छ ।
नेविसंघ भ्याली ईञ्जिनियरिङ कलेजका सभापति विवेक बस्नेत, महामन्त्री महेश्वरी कुँवरलगायतले मास्क वितरण गरेका हुन् । नेविसंघले देशैभर निस्शुल्क मास्क वितरण अभियान नै सुरू गर्ने नेविसंघ नेता अनुराग साहले जानकारी दिए।
सेयर गर्नुहोस्