
२५ फागुन,हेटौंडा/कोरोनाभाइरस संक्रमणबाट बच्नको लागि हेटौंडामा २५ हजार माक्स निःशुल्क वितरण गर्ने भएको छ । कपडा व्यवसायी संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको समन्वयमा हेटौंडाको मुख्य चोक बुद्धचोकबाट निःशुुल्क माक्स वितरण गर्ने लागेको संघका अध्यक्ष तेजराज अधिकारीले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमण नेपालमा पनि फैलिने त्रास बढेसँगै बजारमा माक्सको अभाव हुन थालेपछि कपडा व्यवसायी संघ मकवानपुरले कोरोनाबाट बच्न प्रयोग गरिने २५ हजार माक्स निःशुल्क वितरण गर्न लागेको हो । संघले पहिलो चरणमा फागुन २६ गते भोलि सोमबार देखी हेटौंडाको बुद्धचोकबाट माक्स वितरण गरिनेछ ।


सेयर गर्नुहोस्