
२६ फागुन, हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले १० सवारी र उत्श्रृंखल गतिविधि गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडालगायत जिल्लाका सबै क्षेत्रमा रंगको पर्वको रुपमा मनाइने फागुपूर्णिमा (होली) को अवसरमा नियम विपरित चलाईएका सवारी साधनलाई नियन्त्रण गरिएको हो ।
हेटौंडाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले ३ जना चढेको, हेल्मेट नलगाएको, मादक पदार्थ सेवन गरी चलाएको १० वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको छ । त्यस्तै, होलि खेल्ने क्रममा होहल्ला एवं उत्श्रृंखल गतिविधि गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ । होलीलाई सभ्य बनाउन हेटौंडाका विभिन्न क्षेत्रमा प्रहरी परीचालन गरेको र उनीहरुले नियम विपरित गर्नेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार दिनभर कुनै अप्रिय घटना नभएको र अवस्था शान्तिपूर्ण रहेको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।
यो पनि पढ्नुहोस,
भोली होली नखेल्नु:मकवानपुर प्रहरी,जबरजस्ती होली दल्नेलाई अभद्र व्यवहारको मुद्दा चल्ने
यो भिडियो पनि हेर्नुहोस,
जबरजस्ती होली दल्नेलाई कार्वाही
Gepostet von Hetauda Today am Samstag, 7. März 2020

