फागुन २७ ,हेटौंडा/वडा प्रहरी कार्यालय मकवानपुरको सक्रियतामा अवैध लागुऔषध सहित ३ जना लाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालीका वडा नम्बर ४ कमलडाँडा बस्ने ३० वर्षिय विजय देउला त्यस्तै वडा नम्बर १५ बस्ने २४ वर्षीय किशन कुमार वाईबा र सोहि ठाउँ बस्ने सहदेब ब्लोन रहेको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन् ।
मंगलबार (आज) दिउँसो हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित मनकामना चोकमा शंकस्पद अवस्थामा हिडडुल गरिरहेको बेलामा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा विजय देउलाले बोकेको झोलाबाट ४६ बोतल विईनकृस (wincirex) अवैध लागुऔषध फेला परेको हो ।
फेला परेको अबैध लागुऔषध सहित ३ जना लाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको वडा प्रहरी कार्यालय मकवापुरले जनाईएको छ ।