
फागुन २७ ,हेटौँडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३ जना प्रहरी निरीक्षक सहित ३७ प्रहरीलाई सम्मान गरेको छ।
जिल्लामा हुने गरेको अपराध, लागुऔषध नियन्त्रण तथा अन्य गतिविधिलाई नियन्त्रण् गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।
मंगलबार(आज ) एक समारोहका आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय ।
मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी,वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सुन्दर कुमार कार्की,विमल गिरी,भरत बहादुर दुरा,मनोज कुमार यादव,ओम भक्त कार्की, नरसिंह बहादुर देवकोटा इलाका प्रहरी कार्यालय नेवारपानीका सई राजेश कुमार यादव,अपराध अनुसन्धान महाशाखाका सई जनक कुमार गिरि, सहित ३ जना प्रहरी सहायक निरीक्षक,७ जना प्रहरी हवल्दार र १६जना प्रहरी जवान गरी ३७ जनालाई सम्मानीत गरेको हो ।
जिल्लामा हुने गरेको विभिन्न किसिमको आपराधिक गतिविधि रोक्न र लागुऔषध नियन्त्रणमा सक्रिय भुमिका निर्वाह गरी मकवानपुर प्रहरीको मनोबल उच्च बनाएकोले ३७ जना प्रहरीलाई सम्मानित गरिएको मकवानपुर प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्।
सम्मान कार्यक्रममा प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्की, मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकाल, प्रहरी निरीक्षक सुजन पाठकको उपस्थितीे रहेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शुसिल सिंह राठौरवाट सम्मानित हुदै प्रहरी जवान सुवास खत्री ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शुसिल सिंह राठौरवाट सम्मानित हुदै प्रहरी जवान विजय अधिकारी ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शुसिल सिंह राठौरवाट सम्मानित हुदै प्रहरी जवान लक्ष्मण कुमार महतो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक शुसिल सिंह राठौरवाट सम्मानित हुदै प्रहरी हवल्दार विदुर नेपली ।

