भंसार छलि चोरी गरि ल्याएको चाँदीका गहना सहित रसाईली पक्राउ

हेटौंडा टुडे संवादाता
२ चैत्र २०७६, आईतवार १३:२६

चैत्र २ हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले भंसार छलि चोरी पैठारी गरि ल्याएको चाँदी सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ जिल्ला जैमिनी नगरपालीका वडा नम्बर ७ बस्ने ३६ वर्षिय कृष्ण रसाईली रहेको मकवानपुर प्रहरी ले जनाईएको छ ।

हेटौंडा उपमहानगरपालीका वडा नम्बर १९ नेवारपानी सडक खण्डमा गत फागुन ३० गते बेलुका शंकास्पद रुपमा झोला बोकि हिंडिरहेका रसाईलीलाई सुचना पुर्जी दिई उनको शरिर तथा प्युठमा बोकेको झोला खानतलासी गर्दा भंसार छलि चोरी पैठारी गरि ल्याएको चाँदी , पथर भएको र्औंठी १७ पीस, पथर नभएको र्औंठी १९ पीस, पथर भएको लेडिज र्औंठी २८ पीस, पथर नभएको लेडिज र्औंठी ३ पीस, पथर भएको सानो वाला ७२ पीस, पथर भएको ठुलो वाला १ पीस, पथर नभएको वाला ३ पीस , पथर नभएको सानो वाला ९ पीस , पथर नभएको वाला २० पीस , बेरीएको सानो वाला ५० पीस , पथर नभएको ब्रासलेट १५ पीस, पथर भएको लेडिज ब्रासलेट २ पीस , सानो भगवानको मुर्ति ५७ पीस, सानो बाला ४ पीस र स साना चाँदिका दानाहरु गरि जम्मा २ किलो ४६० ग्राम ३३१ मिलिग्राम चाँदि बरामद गरेको छ ।

बजार मुल्य अनुसार १ लाख ७७ हजार १ सय ४३ रुपैया मुल्य बराबर को चाँदि रसाईलीको झोलाबाट फेला पारी चाँदि सहित रसाईलीलाई नियन्त्रण गरि अनुसन्धान तथा आवश्यक कावाहिका लागी भन्सार कार्यालय बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*